चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताउनुभयो ।
उहाँले भन्नुभयो “टिकट बितरण देखि उम्मेदवारलाई बिजयी गाउने सम्मको रोडम्याप अहिले देखिनै बनाउँनु पर्छ । ”देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उहाँको भनाई थियो । फरक प्रसंगमा बोल्दै पौडेलले भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताउनुभयो ।
तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उहाँले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताउनुभयो । उहाँले भन्नुभयो “भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।”








