• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा सहज नभएको भन्दै प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न प्रस्ताव

  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं – मंसिर ४ को प्रतिनिधिसभा चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्छन् भन्ने जति ढुक्कका साथ भन्न सकिन्छ, उनको चुनाव क्षेत्रबारे भने त्यति नै संशय छ । खुला राजनीतिमा आएपछि प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् । २०६४ को संविधानसभा चुनावमा रोल्पा-२ र काठमाडौं-१० दुबै क्षेत्रबाट चुनाव जितेका उनी दोस्रो संविधानसभा–२०७० मा रोल्पा गएनन् ।

    काठमाडौं १० मा पराजित भएका उनी सिराहा ५ मा निर्वाचित भएर सांसद बने । २०७४ मा भने एमालेसँग वाम गठबन्धन गरेका प्रचण्ड चितवन ३ बाट निर्वाचित भए । तर पछिल्लो ५ वर्षमा प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जति बजेट खन्याएका छन्, त्यहाँको राजनीति पनि त्यति नै गिजोलेका छन् । स्थानीय चुनाव–२०७४ मा नेपाली कांग्रेससँग तालमेल गरेर छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाएका प्रचण्ड प्रतिनिधिसभा चुनाव २०७४ मा एमालेसँग तालमेल गर्न पुगे ।

    यो पटक स्थानीय चुनावमा फेरि कांग्रेस र माओवादी एक ठाउँमा आयो । अहिले प्रचण्ड कांग्रेससँगै गठबन्धन गरेर प्रतिनिधिसभा चुनाव लड्ने पक्षमा छन् । तर कांग्रेसको भोट पाएर फेरि सांसद निर्वाचित हुन प्रचण्डलाई सहज नभएको माओवादी नेताहरु नै स्वीकार गर्छन् । माओवादी बलियो मानिएको बर्दिया, प्रचण्डको पुर्ख्यौली थलो कास्कीलाई प्रचण्डको सम्भावित निर्वाचन क्षेत्र समेत मान्ने गरिएको छ । तर गोरखाका नेताहरुले भने प्रचण्डले क्षेत्र नम्बर १ बाट चुनाव लड्न औपचारिक रुपमै प्रस्ताव गरेका छन् । गण्डकी गाउँपालिकाको अध्यक्ष दीपक तिमल्सिनाले ५ साउनमा प्रचण्डलाई भेटेर गोरखा १ बाट उम्मेदवारी दिन प्रस्ताव गरेका हुन् ।

    गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि अधिकारीलाई लिएर खुमलटार पुगेका तिमल्सिना भन्छन्, ‘मैले अनुरोध गरेको हुँ । उहाँ आउँदा जिल्लामा विकासको आधार बन्छ ।’ माओवादी नेता समेत रहेका तिमल्सिनाले भने, ‘देशको मध्यभाग, हिजो जनयुद्धमा त्याग गरेको क्षेत्र पनि हो । यस पटक स्थानीय तह निर्वाचनमा पहिचान राख्न पनि सफल भएको हो ।’ ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये ९ वटाको नेतृत्व माओवादीले जितेको थियो । माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराईको घर गोरखाको क्षेत्र नम्बर २ मा पर्छ । उनी २०७४ सालमा गोरखा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए ।

    माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठको घर पनि गोरखा क्षेत्र नम्बर २ मा नै पर्छ । गोरखा क्षेत्र नम्बर १ बाट २०५६ सालसम्म नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले निर्वाचित हुँदै आएका थिए । २०६४ सालमा माओवादी केन्द्रकी पार्वती थापा र २०७० मा डा. बाबुराम भट्टराई निर्वाचित भए । नयाँ संविधान बनेपछि गोरखामा जम्मा २ वटा क्षेत्र बन्यो र २०७४ को चुनावमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए । हाल सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका अधिकारी प्रचण्ड आए आफू धेरै खुशी हुने बताउँछन् । ‘मैले जितेकोभन्दा उहाँ आउँदा हजार गुणा खुशी हुन्छु,’ माओवादी पोलिट्व्यूरो सदस्य अधिकारी भन्छन्, ‘उहाँ कहाँबाट उठ्ने भन्ने पार्टीले डिसिजन गर्ने कुरा हो, हामीले गोरखा १ बाट चाहेका हौं । यो हाम्रो निम्ति ठूलो अवसर हुन्छ ।’

    गोरखा क्षेत्र नम्बर १ सँग प्रचण्डको भावनात्मक सम्बन्ध रहेको पनि अधिकारीले बताए । प्रचण्डले यो निर्वाचन क्षेत्रमा पर्ने आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा २०३३ सालमा शिक्षकको रुपमा काम गरेका थिए । गोरखा क्षेत्र नम्बर १ मा माओवादीको जनमत राम्रो भएको मानिन्छ । यो क्षेत्रमा पर्ने ७ स्थानीय तहमध्ये ६ वटाको नेतृत्व माओवादी केन्द्रले नेतृत्व जितेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले अध्यक्ष प्रचण्ड गोरखा आए जिल्लाको विकास निर्माणमा ठूलो फाइदा हुने बताए । ‘अध्यक्ष आउनुभयो भने हामी सबैको लागि खुशीको कुरा हो’ उनले भने, ‘तर औपचारिक रुपमा केही कुरा भएको छैन ।’

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.