चितवन । चितवनमा एक जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला परिक्षण गरिएको १५२ नमुना मध्ये १ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित भरतपुर २ मा बस्ने ७९ वर्षका वृद्वा रहेका छन्। भारत सहित संक्रमित क्षेत्रबाट आएका मजदुरको बिबरण प्रशासनलाई बुझाउन सम्बन्धित उद्योगलाई भनिएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रबेश नाकामा कडाई गरिएको छ । भट्टराईले भन्नुभयो “हामी जोखिममा छौ । सबैले साथ र सहयोग गरेमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।









