फाइल फोटो
चितवन । खैरहनी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण सुरु गरिएको छ । बुधवार विभिन्न ४ वटा विद्यालयमा प्याड वितरण गरिएको हो । खैरहनी १ को कंकाली मावि,खैरहनी २ को जनजीवन मावि ,खैरहनी ४ को जनएकता आधारभूत विद्यालय र खैरहनी ६ को खैरहनी माविमा सेनेटरी प्याड वितरण गरिएको नगरपालिकाकी सामाजिक नर्सिङ अधिकृत पुजा गिरीले जानकारी दिईन् । खैरहनी माविलाई ९ हजार थान,कंकाली माविलाई २ हजार ८ सय थान,जनजीवन माविलाई ३ हजार ६ सय थान र जनएकता आधारभूत विद्यालयलाई ६ सय थान प्रदान गरिएको नर्सिङ अधिकृत गिरीले वताईन् । खैरहनीका ११ वटा विद्यालय सामुदायिक विद्यालयलाई कुल २६ हजार ९ सय ५० प्याकेट सेनेटरी प्याड वितरण नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले वताए । विद्यालयमा अध्ययनका क्रममा छात्रा विद्यार्थीहरुमा हुन सक्ने महिनावारीलाई मध्यनजर गर्दै सेनेटरी प्याडको व्यवस्था गरिदै आएको छ ।








