कुरिनटार । पहिरोका कारण अवरुद्ध नौविसे–मुग्लिन सडक एकतर्फी सुचारु भएको छ । यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० तिकराङखानीमा अविरल बर्षासंगै गएराती ११ बजे पहिरो खस्दा पूर्णरुपमा सडक अवरुद्ध भएको थियो । पहिरो हटाई शुक्रबार विहान ९ बजेबाट एकतर्फी सडक संचालनमा ल्याइएको प्रहरी चौकी मझिमटारका (प्रमुख ) प्रहरी सहायक निरिक्षक (असइ) रामु पुरीले जानकारी दिनुभयो । सडक दुई तर्फी खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि काठमाडौँ तर्फ धादिङको चरौदीँ र चितवन तर्फ इच्छाकामना ३ फिस्लिङ सम्म सवारी जाम हुन पुगेका थिए ।








