/चितवन । पुर्वीचितवनको खैरहनी र भण्डारा क्षेत्रमा विद्युत अबरुद्ध हुने भएको छ । राप्तीको हर्दीमा रहेको सवस्टेशनबाट वितरण भएको भण्डारा र खैरहनी फिडरको विद्युत आज दिउँसो अबरुद्ध हुने विद्युत प्राधिकरण रत्ननगर टाडी बितरण केन्द्रले जनाएको छ । उक्त फिडरहरुको लोड मिलाउनको लागि विद्युत लाइन काट्न लागिएको र करिब ३/४ घण्टा लाग्ने रत्ननगर वितरण केन्द्रका सब इन्जिनियर सन्जय गुप्ताले जानकारी दिए ।








