• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भरतपुर महानगरपालिका – ६मा प्रेमबस्ती दुग्ध उत्पादक सहकारीको भवन शिलान्यास

  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिकाको बजेटमा निर्माण हुन लागेको प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थाको भवनको शिलान्यास गरिएको छ । चारकोठे भवनको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बिहीबार शिलान्यास गरेका हुन् । भवन निर्माणका लागि ४३ लाख ६८ हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।
    सुरूको चरणमा असोजभित्र डिपिसी गर्ने गरी महानगरले १० लाख रूपैयाँ दिएको हो । भवन शिलान्यासपछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत जोशीले उत्पादनसँग सम्बन्धित सहकारीलाई महानगरले प्रोत्साहन गर्नुपर्ने बताए । गुणस्तरमा ध्यान दिएर आमउपभोक्तालाई विश्वास दिलाउन सके दूध उत्पादन आम्दानीको राम्रो स्रोत हुने उनको भनाइ छ ।
    पशुपालनलाई नै प्रोत्साहन दिनका लागि महानगरको ३२ करोड आन्तरिक आम्दानी हुँदा पशुपालनलाई सात करोड छुट्टयाइएको उनले बताए । ‘हामीले अहिले पनि हरेक वडामा पशु प्राविधिक, पशु आहार, यान्त्रिकीकरण र फार्म व्यवस्थापनलगायतका योजनाहरु समावेश गरेका छौँ’, उनले भने, ‘भरतपुर कृषि क्षेत्र हो वा व्यावसायिक क्षेत्र हो, त्यसमा स्पष्ट हुनुपर्छ । अनुदानले मात्रै मानिसलाई धेरै आश्रित बनाउन सक्ने भन्दै परिश्रममा नै बढी केन्द्रित हुनुपर्ने उनले बताए ।
    भवन निर्माण सम्पन्न गर्न थप बजेटको व्यवस्थाका लागि पहल गर्ने भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले बताए । भवन निर्माण गरेरमात्रै नहुने भन्दै उनले दूध उत्पादन र संकलनलाई पनि बढाउनुपर्ने बताए । पशुपालनलाई प्रोत्साहन गर्न वडाले पशु बिमा कार्यक्रम पनि सुरू गर्न लागेको उनको भनाइ छ ।
    व्यावसायिक पशुपालक दूध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष एवम् सहकारीको भौतिक पूर्वाधार व्यवस्थापन उपसमिति संयोजक आनन्द न्युरेले वडामा भेटेरिनरी प्राविधिकको अभाव भएकाले प्राविधिकको व्यवस्था गरिदिन महानगरलाई आग्रह गरे । ‘दूधको मूल्यबाट नाफा राखेर भवन बनाउन सक्ने अवस्था छैन’, उनले भने, ‘कृषि सहकारीको भौतिक पूर्वाधार र मेसिनरीमा राज्यले पूर्ण अनुदानको व्यवस्था गर्नुपर्छ, यसको अन्तर्राष्ट्रिय कानुन पनि छ ।’ आगामी दुई वर्षभित्र संस्थालाई जिल्लाकै नमुना सहकारी बनाउने योजना रहेको उनले बताए ।
    सहकारी विगत २० वर्षदेखि आफ्नै दुई कट्ठा जग्गामा सामान्य ब्लकको घरमा बस्दै आएको छ । पक्की भवन नहुँदा दाना, चोकर भण्डारण र यन्त्र जडानमा समस्या भएको प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशव पण्डितले बताए । केही समयमा नै संस्थाले एनालाइजर फिट गरी कम्प्युटर प्रणालीबाट दूधको गुणस्तर मापन गर्ने उनले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.