• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

इच्छाकामना अस्पताल संचालनको काम तीव्र, डिजिटल एक्स–रे मेसिन आईपुग्यो, दशैं अघि नै अस्पताल संचालन गर्ने तयारी

  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अस्पताल संचालनको लागी तयारी तीव्र पारिएको छ । गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै अस्थायी रुपमा भएपनि अस्पताल संचालन गर्ने निर्णय भएबमोजिम अस्पताल संचालनको काम तीव्र पारिएको हो। जस अनुरुप गाउँपालिकामा आज नयाँ डिजिटल एक्स–रे मेसिन आईपुगेको छ ।

    गाउँपालिकालाई अस्पताल संचालनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब साढे ३६ लाख मूल्यको नयाँ डिजिटल एक्स–रे मेसिन पठाएको हो। अस्पताल संचालनको लागि आवश्यक सामाग्री जुटाउने भन्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, चितवन क्षेत्र नं. २ का सांसद कृष्ण भक्त पोखरेल, नेकपा एकिकृत समाजवादीका नेता नरेन्द्र कङदङ्वा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटा, लेखापाल पवन खरेल लगायतको टोली स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनी भेट्न पुगेका थिए।

    भेटमा मन्त्री खापुङ र निर्देशक मरासिनीले गाउँपालिकामा इच्छाकामना अस्पताल स्थापना गरि संचालन गर्न तत्काल आवश्यक सामाग्री पठाउने वचन टोलीलाई दिएका थिए। सोहि बमोजिम गाउँपालिकालाई मन्त्रालय मार्फत डिजिटल एक्स–रे मेसिन आईपुगेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए। उनका अनुसार अस्पतालका लागि आवश्यक बेड, मोनिटर, औषधी लगायतका अन्य सामाग्रीहरु पनि मन्त्रालयले उपलब्ध गराएकोले आउने क्रममा रहेको छ। अस्पतालका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु आए पश्चात गाउँपालिकाले भदौ मसान्त भित्रमा चिकित्सकको नियुक्ती गरि आवश्यक प्रक्रिया पु¥याई १५ बेडको इच्छाकामना अस्पताल संचालन गरिनेछ भने अस्पतालका लागि तत्काल २ जना चिकित्सकको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताए।

    सुरुवातमा हाल गाउँपालिका प्राङ्गणमा रहेको दारेचोक स्वास्थ्य चौकीको भवन र सँगै निर्माण गरिएको संरचनामा अस्थायी रुपमा अस्पतालको सेवा संचालन गरिनेछ भने अस्पतालको छुट्टै नयाँ भवन निर्माण भएपछि स्थायी रुपमा सेवा संचालन गरिनेछ । यसैबिच अध्यक्ष गुरुङले चुनावमा गरेको प्रतिबद्धता अनुरुप तत्काल अस्पताल संचालनको लागि काम गरेको बताए। ‘मैले नागरिकको पहिलो आवश्यकतालाई मध्यनजर गरेर चुनावमा जादा गरेको वाचा पूरा गर्न लागिपरेको हु, अब केहि दिनमै नागरिकले आफ्नै इच्छाकामना अस्पतालबाट सहज र सरल रुपमा स्वास्थ्य सेवा पाउनेछ’ –उनले भने ।

    इच्छाकामना अस्पताल निर्माण भएमा इच्छाकामना सहित गोर्खाको गण्डकी र शहीद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका जनतालाई समेत सेवा दिनसक्छ । यस्तै काठमाडौँ भित्रने र बाहिरीने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने देखिन्छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.