• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. बिचौलियाको मारमा किसान

इच्छाकामना गाउँपालिकामा कोरोना रोकथामका लागि राजमार्गका होटलमा निगरानी बढाइने

  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुग्लिन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र (बजार) तथा अन्य सञ्चालित व्यवसायले कोरोनाबाट जोगिन आवश्यक सुरक्षाका मापदण्ड लागू गरेको छ÷छैन भनी निगरानी राख्ने निर्णय गरेको छ ।

    विशेष गरेर राजमार्ग क्षेत्रका होटलमा सामाजिक दूरी कायम गरेको छ कि छैन ? मास्क र स्यानिटाइजर प्रयोग गरेको छ कि छैन ? लगायतका विषयमा समितिले निगरानी राख्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । काठमाडौँ भित्रिने मुख्य राजमार्गमा रहेका मुग्लिन, कुरिनटार, लेवाटार, चुम्लिङलगायतका बजार इच्छाकामना गाउँपालिकाभित्र पर्दछ । यी क्षेत्रमा राजधानी भित्रिने र बाहिरिने यात्रुका लागि सञ्चालित होटल बन्दाबन्दी खुलेसँगै सञ्चालनमा आएका कारण कोरोना सङ्क्रमणको उच्च जोखिम रहने उनको भनाइ छ । उनले भने, “विशेषगरी राजमार्ग क्षेत्रका होटल बन्दादन्दी खुलेसँगै सञ्चालनमा आएका छन्, तीन होटलमा सुरक्षाका उपाय अपनाएको छ कि छैन हामी निगरानी गर्नेछौँ ।”

    बैठकको निर्णयानुसार अनिवार्य मास्क प्रयोग गरेर मात्र बाहिरी जिल्ला तथा अन्य पालिकाबाट गाउँपालिका प्रवेश गर्न पाइने छ । साथै उनले लकडाउन अवधिभर बन्द रहेका होटल व्यवसायीलाई घरभाडा छुट दिनका लागि उद्योग वाणिज्य सङ्घ तथा होटल व्यवसायी सङ्घको समन्वयमा घरधनीलाई आग्रह गर्ने निर्णय गरिएको पनि बताए । यातायात सञ्चालनका लागि चालक तथा यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र भीड नहुने गरी यात्रु बोक्न पाइने छैन ।

    गाउँपालिकाभित्रका तरकारी उपज सङ्कलन केन्द्रहरुमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षाका उपाय लागू गराउन समितिसमेत गठन गरेको छ । कृषि शाखा प्रमुख आनन्द घिमिरेको संयोजकत्वमा किसान, सहकारी सञ्चालक स्थानीय व्यपारी र स्थानीय सम्मिलित समिति गठन गरेको हो । साथै गाउँपालिका कार्यालयमा अतिआवश्यकबाहेकका सेवा एक बारमा एक वडालाई मात्र दिइने निर्णय गरिएको उनले बताए ।

    अहिलेसम्म विदेश तथा बाहिरी जिल्लाबाट आएकालाई क्वारेन्टिनमा राखिएको र उनीहरु सबैको पिसिआर नेगेटिभ आएको उनले बताए । हालसम्म सुरक्षित रहेको गाउँपालिकामा कोरोना भित्रिन नदिन प्रत्येक वडामा जनप्रतिनिधि, टोल सुधार समिति, स्वाथ्य संस्थाका प्रतिनिधि, सुरक्षा निकायलगायत समेटिएर समिति गठन गरी काम गरिरहेको उनले जानकारी दिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.