काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भुभागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राती देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








