नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) मा थप २० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा रहेका २२ जना कोरोना संक्रमित मध्ये २० जना निको भएका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए । अब चिकित्सालयमा २ जनामात्रै बाँकी रहेको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए । स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका अनुसार जिल्लाका एक कोरोना संक्रमित जिल्ला बाहिर उपचाररत छन् । चिकित्सालयका निर्देशक डा। पौडेलका अनुसार शुक्रबार स्वाब संकलन गरि पठाइएका २१ नमुना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी १ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३ सय २८ रहेकोमा आजसम्म निको हुनेको संख्या हुनेको संख्या ३ सय २६ पुगेको छ ।








