• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशूल्क तालिम दिने

  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभयो । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिनेछ ।

    भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरले आयोजना गरेको २८ दिने वेकरी तालिमको समापन गर्दै कार्यक्रममा बोल्दै मेयर दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रर्वद्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गर्नुभयो ।
    तालिमका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने गरी महानगरपालिकाले प्रकृया अगाडि बढाउएको उहाँको भनाई छ । ‘महानगरको नीति तथा कार्यक्रमले उत्पादन र रोजगारीलाई जोड दिएको छ, उहाँले भन्नुभयो,‘उत्पादन वृद्धि गर्ने र लागत घटाउने नीति लिएका छौ । अबको प्राथामिकता उत्पादन र रोजगारी प्रर्वद्धन गर्ने नै हो ।’

    मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलौ संख्यामा रोजगारी सिर्जना हुने बताउनुभयो । भरतपुरमा भइरहेको शहरीकरणले दक्ष जनशक्तिको माग पनि वृद्धि हुँदै गएको उहाँको भनाई थियो ।
    भरतपुर बहुप्राविधिक शिक्षालयले छोटो समयमा धेरै जना दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गर्नुभयो । शिक्षालयले ३ वर्षदेखि सिटिईभिटीको आङ्गिक कलेजका रुपमा स्थापना भई होटल व्यवस्थापनको कक्षा र तालिम सञ्चालन गर्दै आएको छ । शिक्षालयले उपभोग गर्दै आएको ३ विघा जग्गा सिटिईभिटी मातहत ल्याउन नसक्दा आवश्यक पूर्वाधार निर्माण गर्न कठिन भएको छ ।

    मेयर दाहालले कार्यपालिका बैठकबाट निर्णय गरी सिटिभिटीको नाममा जग्गा आएसँगै शिक्षा मन्त्रालयले बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । शिक्षालयको अधुरो कामलाई तीब्र ढङगबाट अगाडि बढाउने प्रतिवद्ध व्यक्त गर्नुभयो । शिक्षालयलाई सरवस्ती माध्यमिक विद्यालयले जग्गा उपलब्ध गराएको थियो । यसैबीच शिक्षालयले २८ दिने वेकरी तालिम लिने २० जनालाई माईक्रो वेभ ओभनसहित प्रमाण–पत्र वितरण गरिएको छ ।

    सिटिईभिटीको दक्षता परियोजना अन्तरगत कार्यक्रम सञ्चालन भएको तालिम होटल व्यवस्थापन प्रमुख सञ्जिव अर्यालले प्रशिक्षण दिनुभएको थियो । अन्तराष्ट्रिय होटलरु प्रयोग गर्ने उपकरणसहित तालिम प्रदान गरिएकाले विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा सहजै रोजगारी पाउने अर्यालले बताउनुभयो । कार्यक्रममा वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, वडा नम्बर २४ का अध्यक्ष रामु गोदार लगायतको उपस्थिति रहेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.