हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको पाँचौ जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको छ । आज हुने पाँचौ जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । जिल्ला समन्वय समितिको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट अनिबार्य पारित गर्नु पर्ने भएकाले सभा आयोजना गर्नु परेको उनले बताए। जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको र तयारीका सन्र्दभमा शनिबार बसेको जिससको बोर्ड बैठकले स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्डहरु पुरा गरेर जिल्ला सभा आयोजना गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिए । जिसस प्रमुख खुलालको अध्यक्षतामा बसेको बैठकले आजका लागि जिम्मेवारी बाँडफाँड समेत गरेको छ । प्रमुख खुलालका अनुसार स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड एवम् भौतिक दुरी कायम गरेर सिमित सभाका सदस्यहरु मात्रको उपस्थितीमा अन्य कार्यक्रमहरु कटौती गरेर सभा आयोजना गर्न लागिएको हो । “हामीले जिल्ला सभाका सदस्यहरु मात्रको उपस्थितमिा अन्य कार्यक्रमहरु कटौती गरेर नीति कार्यक्रम तथा बजेट पास गर्नका लागि मात्र सभा आयोजना गर्न लागेका हौं” प्रमुख खुलालले भने । नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७) मा उल्लेख काम कर्तव्य र अधिकारका बारेमा जिल्ला सभा गर्ने प्रवधान अनुसार जिल्ला सभा आयोजना गर्न लागिएको उनले जानकारी दिए । जिल्ला सभामा जिल्ला समन्वय समिति मकवानपुरले हालसम्म गरेका काम कारवाही तथा आगामी नीति तथा कार्यक्रम पारित गरिने उनले बताएका छन् । सभामा आगामी नीति कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७७÷ ७८ को आय तथा व्ययको अनुमान सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७६÷०७७ को संसोधित व्यय विवरण, विनियोजिन तथा प्रगति समिक्षा, आर्थिक वर्ष २०७५÷०७६ र त्यसअघिको बेरुजु तथा सम्परिक्षण सम्बन्धी प्रतिवेदन र अधिकार प्रत्यायोजन प्रस्ताव पारित गरिने उनले बताए। सभामा मकवानपुरका स्थानिय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, र जिल्ला सभाका पदाधिकारीहरुको मात्र सहभागिता रहने उनले बताए । “हामीले जिल्ला सभा भव्य रुपमा आयोजना गर्ने र सभामा जिल्ला स्थित सबै संघ÷संस्थाहरुलाई सहभागि गराउने योजना हुँदा हुँदै पनि अहिलेको बिशेष परिस्थितीका कारण सोचेँ अनुसार कार्यक्रम आयोजना गर्न नसकिएको उनले बताए । जिल्ला सभालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको प्रमुख खुलालले जानकारी दिएका छन्।








