काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








