चितवन । चितवनमा २४ औं जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएकाे छ । भुवनबस्ती तेक्वान्दो डाेजाङ भरतपुर १७ काे आयाेजनामा भएकाे खेलमा जिल्लाका विभिन्न ठाउँबाट २०० खेलाडी सहभागी थिए ।
भरतपुर १७ का वडा अध्यक्ष ललितमान तामाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कनर्यक्रममा विशेष अतिथि मझुवा सामुदायिक बनका अध्यक्ष राजकुमार तामाङ, विशेष अतिथि महानगर खेलकुद विकास समितिका संयाेजक विकास श्रेष्ठ,डाेजाङ प्रमुख विकास राना लगायतकाे उपस्थिति थियाे ।
विजेता खेलाडीले मेडल, ट्रफि प्रदान गरिएको छ । तेक्वान्दो खेलकाे विकास र यसमा रहेकाे सम्भावना उजागर गर्न प्रतियोगिता आयाेजना गरिएको हाे ।








