चितवन । नारायणगढको क्याम्पा चौरमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा आज (आइतबार) एक खेल हुँदैछ । गोल्डकपमा आज मकवानपुर ११ र नव जन जागृति युवा क्लब सिमरा भिड्नेछन् ।
खेल दिउँसो ४ बजे सुरु हुनेछ । मकवानपुर ११ र नव जन जागृति सिमरा मोफसलका उत्कृष्ट टिम हुन् । यस अघि शनिबारको उदघाटन खेलमा आयोजक केबिए भरतपुर फुटबल क्लब विजयी भएको थियो ।
गोलको वर्षा भएको खेलमा बिएफसीले भारतको मोतिहारी एफसीलाई ९-० ले पाखा लगाएको थियो । १० टोली सहभागी गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ । गोल्डकपको फाइनल असोज ३ गते हुनेछ ।








