चितवन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सौराहामा आइतवार स्वागत गरिएको छ । भर्खरै प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी सम्हालेका बराललाई सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन समुहको अगुवाइमा विभिन्न संघसंस्थाहरुले सयुक्त रुपमा स्वागत गरेका हुन । कार्यक्रममा सहभागी संरक्षणकर्मी,पर्यटन व्यवसायीहरुले दिंगो संरक्षण र पर्यटन विकासको लागि निकुञ्ज,सामुदायिक वन र पर्यटन व्यवसायीबीच त्रिपक्षिय सहकार्य आवश्यक रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख संरक्षण अधिकृत बरालले चितवनको पर्यटन विकासको लागि निकुञ्जको भूमिका अहम रहेको भन्दै उनले संरक्षण र पर्यटनको विकासका लागि व्यवसायीहरुसंग सहकार्य गर्न तयार रहेको बताए । उनले सामुदायिक वनहरुले पनि प्रबेश शुल्क लगाउन सुझाब दिए । अब सामुदायिक वनहरुले पनि प्रवेश टिकटको व्यवस्था गर्नुपर्छ उनले भने त्यसो गर्न सकियो भने वनको आम्दानी बृद्धि हुन्छ । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले चितवनको पर्यटन विकासका लागि नयाँ प्याकेज कार्यक्रम ल्याउनु पर्ने बताए । उनले निकुञ्ज,स्थानीय सरकारसंग सहकार्य गरी पर्यटनलाई नौलो कार्यक्रम ल्याउन सके पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । वनका अध्यक्ष तामाङले निकुञ्ज,सामुदायिक वन र पर्यटन व्यवसायीहरुको त्रिपक्षिय सहकार्यबाट मात्र संरक्षण र पर्यटन विकासको काम प्रभावकारी हुने बताए । कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले कोरोनाको महामारीका कारण थलिएको सौराहाको पर्यटनलाई उकास्न निकुञ्जले प्रवेश टिकटको समयाबधि बढाउन आग्रह गरे । कार्यक्रममा क्षेत्रीय होटन संघ चितवनका अध्यक्ष दीपक भट्टराई,निर्वतमान अध्यक्ष सुमन घिमिरे,रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको पर्यटन निकुञ्जसंग आश्रित रहेको भन्दै पर्यटन व्यवसायीहरु वन्यजन्तु संरक्षणको लागि सहकार्य गर्न तयार रहेको बताएका थिए । कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,नेचर गाइड एशोसियसन चितवन सौराहाका अध्यक्ष राजेन्द्र धामी,समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी संयोजक डोमा पौडेल,युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी,जनकौली मध्यवर्ती सामुदायिक वनका कार्यबहाक अध्यक्ष घनश्याम तिमिल्सिना,चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ,पर्यटन व्यवसायी राममणि खनाल ला गयतले मन्तव्य राखेका थिए । बाघमारा वनका अध्यक्ष जीतु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य जंगिलाल चौधरीले स्वागत मन्तव्य तथा सचिव कृष्ण भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।








