काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








