हेटौंडा । मकवानपुरमा आइतबार एकै पटक २३ जनामा कोरोना पुष्टि भएपछि भोलिबाट निषेधाज्ञा गर्न सिफारिस गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा प्रजिअ दिपकराज नेपालको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले हेटौँडा र मनहरी गाउँपालिका अन्तर्गत राजमार्ग आसपासका क्षेत्रमा २६ गते राति १२ बजेबाट ३२ गते १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरी जिल्ला सुरक्षा समितिलाई पठाइएको छ। मकवानपुरमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्यामा बृद्धि हुदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। आज संक्रमित मध्ये १६ जना मकवानपुर घर भएका हुन भने अन्य कामको सिलसिलामा मकवानपुर बस्दै आएका छन्। जसमा मकवानपुरमा कार्यरत ४ प्रहरी रहेका छन्।कमाण्ड पोष्टको बैठकले बागमती प्रदेश प्रवेश गर्ने मुख्य चुरीयामाई नाकामा कडाई गर्ने र जिल्लामा रहेका ब्यूटीपार्लर, हेल्थ क्लब, सैलुन, होटल रेस्टुरेन्ट सञ्चालनमा प्रतिबन्ध लगाइसकेको छ ।









