काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंग रक्षकलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । पीएसआको रिपोर्ट पोजिटिभ आएपछि पौडेललाई आइसोलेसनमा राखिएको छ । शुक्रबार महासचिव पौडेलसहित उनका सहयोगी र परिवारका सदस्यको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको मात्र रिपोर्ट पोजिटिभ आएको पौडेलको सचिवालयले जनाएको छ ।








