काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








