काठमाडौँ । कोभिड जोखीम बढेसंगै लाजिम्पाटस्थित एभरेस्ट बैँकको मुख्य कार्यलय र शाखामा कार्यरत कर्मचारीमा कारोना भाइरस पुष्टि भएको छ । कोभिड पुष्टि भएसंगै कार्यलय २ दिनको लागि बन्द गरिएको छ । ‘शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो,’ स्रोतले भन्यो, ‘ती कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ ।’ आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो । बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।








