चितवन । चितवनमा मोटरसाईकल दुर्घटनामा परि सुजन सुवेदीको निधन भएको छ। नेपाल बिद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसका नेता सुवेदीको आज बिहान निधन भएको हो । भरतपुर महानगरपालिका–१० कालिका एफएम नजिक शिव मन्दिर रोडका सुवेदी शनिवार साँझ मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा आज बिहान पुरानो मेडिकल कलेजमा निधन भएको परिवारले जनाएको छ । प्रदेश नम्बर ३–०३–००१ प ४२६० नम्बरको मोटर साईकल आफै अनियन्त्रीय भएर बलेरोमा ठोकीएको थियो । सोहि मोटरसाईकलमा सवार समीर सुबेदीको भने उपचार चल्दै छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।








