चितवन । भरतपुर १ पुतलीबजार क्षेत्रमा गरिएको सिल मगंलवार हटाइएको छ । उक्त क्षेत्रमा रहेको एक घर परिवारका सदस्यमा कोभिड १९ संक्रमण देखिदै जाँदा साउन २३ गते वेलुकी ५ वजेदेखि सिल गरिएको थियो । भिमसेन मन्दिर देखि मिनिसो मार्ग चोक देखि मेन रोड सम्मको क्षेत्रका करिव १०० घर सिल गरेर स्वाव संकलन गर्दा परिवारका सदस्यमा वाहेक सवैको रिपोर्ट नेगेटिभ आएको थियो । मगंलवार देखि संक्रमित घर मात्र सिल गरि अन्य स्थानलाई सामान्य गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।








