काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले देशभर सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे सूचना नभएसम्म साउन २९ गतेबाट लागू हुने गरी पास वितरण बन्द गर्न प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । पास वितरण नहुने भएपछि एक जिल्लाबाट अर्काे जिल्लामा आवतजावत बन्द हुने भएको छ ।









