• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

घनश्यामले राजनीतिक अपराध गरे : छविलाल विश्वकर्मा

  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पूर्व एमाले नेता घनश्याम भुसालले राजनीतिक अपराध गरेको आरोप लगाएका छन् । नेकपा एमाले, राप्रपा र जसपाले तिलोत्तमामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर २३ सिट भएको विपक्षी पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर र अदालत धाउनु राजनीतिक अपराध भएको बताए ।

    ‘जनताले पाँच वर्ष सरकार चलाउन दिएको आफ्नो पार्टीले पाएको जनमतलाई कुल्चेर २३ सिटमा थन्किएको कांग्रेसलाई सत्ता सुम्पिने काम संसदीय राजनीतिमा अपराध हो,’ विश्वकर्माले भने, ‘सरकार पाँच वर्ष टिक्न नदिएर अस्थिरता ल्याउनेको हिसाब चुनावमा जनताले खोज्नेछन् ।’

    रुपन्देही–१ मा सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र वाम उम्मेदवार बनेका आफ्नै प्रतिस्पर्धी भुसाललाई लक्षित गर्दै उनले सत्ता गठबन्धनले उम्मेदवार नपाएको र स्वतन्त्रको दुकान नचल्ने बताए । ‘पार्टीकै हुँदा त मतदाता कार्यकर्ताले फेला पारिएन भन्थे, अहिले त फेद न पुच्छर कहाँ खोज्ने ?,’ विश्वकर्माले भने, ‘स्वतन्त्रको दोकान चल्नेवाला छैन। न बिरुवा बन्छ, न फल नै लाग्छ ।’

    दलहरूमा कमी कमजोरी भए सुधार्न सकिने तर दलको विकल्प स्वतन्त्र हुनै नसक्ने विश्वकर्माको भनाई छ । सत्ता गठबन्धन राष्ट्रियता र जनजीविकाका सवालमा गैर जिम्मेवार भएको र प्रतिपक्षी दलविरुद्ध गठबन्धन गरेकाले एमालेले पनि राप्रपा र जसपासFग तालमेल गर्नुपरेको उनले बताए ।

    एमाले केन्द्रीय सदस्य शिवराज सुवेदीले घनश्याम भुसालले पार्टीविरुद्ध पटक पटक बेइमानी गरेको आरोप लगाए । टिकट नपाएपछि रातारात पार्टी छाड्नु धोकेबाज र अवसरवादी भएको भन्दै उनलाई जनताले विश्वास नगर्ने सुवेदीले दाबी गरे । ‘घनश्यामजीले पार्टीविरुद्ध तीनपटक बेइमानी गर्नुभएको छ, कहिले माले बनाउनुभयो, कहिले माधव नेपाललाई पार्टी विभाजनमा उक्साउनुभयो अहिले सत्ता गठबन्धनको इशारामा पार्टीलाई धोका दिनुभयो,’ सुवेदीले भने ।

    कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार एमालेका दधिराम न्यौपाने र राप्रपाका आशिसकुमार चौधरीले रुपन्देही १ को प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै क्षेत्रमा एमाले–राप्रपा–जसपा गठबन्धनले १५ देखि २० हजार मतान्तरले जित्ने बताए ।

    कार्यक्रममा राप्रपा सहायक महामन्त्री ताहिर खली भाट, प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, एमाले क्षेत्रीय संयोजक वेद गिरी, सचिव युवराज न्यौपाने लगायतले सत्ता गठबन्धनले देशलाई सिक्किमीकरणको बाटोमा लगेकाले एमालेसँग तालमेल गर्नुपरेको बताए । कार्यक्रममा तीन दलले एमाले नेता डा. कृष्ण न्यौपानेको संयोजकत्वमा तीन हजार १३१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.