नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले नगर क्षेत्र भित्र भाद्र ६ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको नगरकार्यपालिकाको बैंठकले सो निर्णय गरेको हो ।कावासोती नगरपालिका क्षेत्रमा कार्यरत एक पत्रकार र एक बैंकका कर्मचारमिा कोरोना संक्रमण पुष्टी भएपछि नगरकार्यपालिकाले संक्रमण फैलन नदिन बिहिबार प्रेस बिज्ञप्ती मार्फत जानकारी दिईएको हो । लकडाउन अबधीमा नगरक्षेत्र भित्र रहेका सबै सरकारी , अर्धसरकारी तथा गैरसरकारी सस्थाहरु बन्द रहनेछन । त्यस्तै नगरभित्र संचालनमा रहेका बिभिन्न बैंक तथा बित्तिय सस्थाहरुको सेवा पनि भाद्र ६ गते सम्म बन्द रहनेछन । तर डिजिटल बैकिङ्ग र एटियम सेवा भने यथावत नै रहने नगरपालिका प्रवक्ता खेमप्रसाद काफलेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरि स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु ,व्यवसायहरु समेत सो अबधीसम्म बन्द गरिएको जनाईएको छ ।








