नवलपुर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आजदेखि कुस्ती र सेपाताक्रो सुरु हुँदै छ । कावासोतीस्थित योङ्ग स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र थारु राष्ट्रिय सङ्ग्रहालय डन्डाको सभाहलमा कुस्तीकाे प्रतिस्पर्धा हुने छ । नेपाल सेपाताक्रोका केन्द्रीय अध्यक्ष एवम् सेपाताक्रो खेल संयोजक नेत्र गुरुङका अनुसार बिहान ७ बजे विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिनेछ ।
प्रतियोगिता व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति नवलपुरका सदस्य व्यवस्थाकीय तयारीका काममा सक्रिय छन् । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा कुस्तीतर्फ पुरुष ९१ र महिला ६९ गरी एक सय ६० जना र सेपाताक्रोतर्फ ९८ जना खेलाडीले भाग लिनेछन् ।
महिला र पुरुषको फरक-फरक तीन वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश- १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टिमले भाग लिने छन् भने कुस्तीतर्फ सात वटा प्रदेश र तीन वटा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले भागलिने छ्न् ।








