काठमाडौँ । पछिल्लो २४ घन्टामा मुलुकभर ५ सय २५ कोरोना संक्रमित थपिएका छन् । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।








