हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित मनहरीको क्षेत्रमा लगाईएको निषेधज्ञालाई थप्ने संभावना बढेको छ । पछिल्लो दिनमा मकवानपुरमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको पाईएपछि निषेधज्ञालाई एकसाता बढाउने तयारी भएको हो । खबरब्रेकलाई प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले यस्तै अवस्था रहे निषेधज्ञा थपिने बताए । उनले अव थप कडाईको साथमा निषेधज्ञा गरिने समेत जानकारी दिएका छन् । उनले भने स् आज हामीले निषेधज्ञाको विषयमा सरोकारवालासँग छलफल गरेका छौ, सबैले १५ दिनसम्म निषेधज्ञा पुराउनुपर्ने सुझाव दिएका छन्, हामीले यो विषयमा आईतबार निर्णय गर्नेछौ । निषेधज्ञामा यो पटक भने तरकारी तथा किराना पसल समेत बन्द गरिने संभावना रहेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । कमाण्ड पोष्टको सक्रिय सदस्य रहेको उद्योग वाणिज्य संघ मकवानुरका अध्यक्ष कृष्ण कटुवालले फेसबुक मार्फत निषेधज्ञा थपिने संभावनाको विषयमा आफ्नो भनाई पनि सार्वजनिक गरेका छन् । कटुवालले फेसबुकमा लेखेका छन ः २३ जना र ५२ जनामा संक्रमण देखिये पश्चात् हाम्रो जिल्लामा पनि कोरोना समुदायमा फैलिएको अनुमान गर्न सकिन्छ।यश विषम परिस्थितिमा आफू सजग रहौ र सन्क्रमितहरुलाई हौसला बढाउने काम गरौ। आजरभोलिमा थप सन्क्रमित बढन सक्ने भएकोले हालको निषेधाज्ञा पनि १ गते पछि थप कडीकडाउका साथ (किराना तरकारी पसल) सहित बन्द हुन सक्ने जान सक्ने सम्भावना रहेकोले सबै जिल्ला बासिमा बेलैमा सचेत हुनुका साथ आ आफ्नो ब्यवस्थापनको लागि अनुरोध गर्दछौ।








