चितवन । चितवनको विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा पाँच जना महिला र १ जना पुरुष रहेका छन् । कुल १०० ओटा नमुना परिक्षण गर्दा उनिहरुमा कोरोना पुष्टि भएको हो ।








