चितवन । चितवनको भण्डारामा रहेको सशस्त्र प्रशरीको ३ नम्बर बाहिनीमा कोरोना संक्रमण फैलिदै गएको छ । बाहिनीभित्र एकैदिन ४२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पोजिटिभि देखिएको छ । ६० जनाको स्वाव संकलन गरेर परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।यसअघि समेत उक्त बाहिनीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यहाँ रहेका केहि प्रहरीमा ज्वरो आउने लक्षण देखिएपछि कोरोना परिक्षण गरिएको थियो । धेरै संख्यामा संक्रमित देखिएकाले बाहिनीभित्र तत्कालै छुट्टै आइसोलेसन बनाउनुपर्ने देखिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताइन् । आइतबार नै पूर्वीचितवनको चारवटा नगरपालिकाका मेयरहरुको संयुक्त बैठकले भण्डारामा रहेको सशस्त्र प्रहरीको ३ नम्बर बाहिनी भित्र आइसोलेसन बार्ड तयार गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको थियो ।








