काठमाडौँ । आज मंगलबार सुनको भाउमा पुन वृद्धि आएको छ । तोलामा २२ सय रुपैयाँले बढेर आज छापावाला सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । भने चाँदी प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । भने चाँदी प्रतितोला १३ सय १५ रुपैयाँ रहेको थियो ।








