काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।
बा १ झ ५५९४ नम्बरको गाडीले बा ९४ प १०२५ नम्बरको स्कूटरलाई मंगलबार बिहान साढे ९ बजेतिर सिंहदरबारको पश्चिम गेट नजिकै ठक्कर दिएको हो ।
जीपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।








