हेटौंडा । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडयो बनाउने एकजना मंगलबार दिउँसो पक्राउ परेका छन् । सो समूहका क्यामरामेन पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।
यद्यपी उनको परिचय भने खुलाइएको छैन । यस गीतका गायक गेल्जङदोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।
सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडियोको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियाे छ । भिडियोमा बाहुन क्षेत्री र हिन्दुलाई गालि गरिएको छ ।
राष्ट्रिय झण्डा जलाउँदै म्युजिक भिडियो बनाउने समूहका एक जना पक्राउ
राष्ट्रिय झण्डा जलाउँदै म्युजिक भिडियो बनाउने समूहका एक जना पक्राउ
- अ
- अ
- अ








