चितवन । पूर्वीचितवनको खैरहनीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मृत्यु भएकी खैरहनी नगरपालिका वडा नम्बर ३ निवासी १०८ बर्षिय बृद्धामा समेत कोरोना पुष्टि भएको थियो । भरतपुरका एक संक्रमितको कन्याक्ट ट्रेसिङको क्रममा बृद्धाको परिवारको स्वाव संकलन गरिएको थियो । कन्याक्ट ट्रेसिङको क्रममा ६ जनाको स्वाव संकलन गरिएकोमा थप चारजनामा कोरोना पुष्टि भएको हो । आफन्तबाट बृद्धा र अन्य परिवारका सदस्यमा कोरोना संक्रमण सरेको अनुमान गरिएको छ ।








