चितवन । चितवनमा दुई युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका दुई युवा जेल चलान भएका छन्। साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पूर्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
कारागार चलान हुनेमा अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धर रहेको चितवन प्रहरीले एक विज्ञप्ती माफर्त जनाएको छ । यस्तै जबरजस्ती करणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ ।








