नारायणगढ । चितवनको नारायणगढमा गल्फ लुब्रिकेन्टको नयाँ शोरुम सञ्चालनमा आएको छ । गल्फ लुब्रिकेन्टको अधिकारिक विक्रेता आशिर्वाद अटो ट्रेडिङ आज (शुक्रबार) बाट न्युरोडमा सञ्चालनमा आएको हो । शोरुमको नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले उद्घाटन गरे ।
चौधरीले विश्व प्रसिद्ध बनेको गल्फ लुब्रिकेन्ट नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको रुपमा स्थापित भएको बताए । गुणस्तरको कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरु माझ निकै लोकप्रिय बनेको उनको भनाइ थियो । आगामी दिनमा थप शोरुम सञ्चालनको योजना रहेको उनले सुनाए ।
स्थानीय ग्राहकको मागलाई मध्यनजर गर्दै शोरुम सञ्चालनमा ल्याईएको सञ्चालक बसन्त थापाले बताए । शोरुममा गल्फको अटोमोटिभदेखि इन्डष्ट्रियलसम्मका लुब्रिकेन्ट उपलब्ध हुने अर्का सञ्चालक सुबास कंडेले बताए ।








