• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एभरेष्ट मेन वृत्तचित्र पुनः पुरस्कार

  •   सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाण्डौ । कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाबारेको वृत्तचित्र एभरेस्ट म्यान’ ले उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ । काजकिस्तानमा भएको वस्ताव फिल्म महोत्सवमा उक्त वृत्तचित्रले अवार्ड पाएको हो । अवार्ड प्राप्त गरेपछि निर्देशक विनोद अधिकारीले खुसी व्यक्त गरेका छन् । उनले वृत्तचित्र निर्माणमा सहयोग गरेकोमा आरोही शेर्पालाई धन्यवाद भनेका छन् ।

    वृत्तचित्र पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असरबारे केन्द्रित छ । यो वृत्तचित्र हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायको भूमिका, शेर्पा समुदायबारे वृहत जानकारी र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन निर्वाह गर्नुपर्ने भूमिकाबारे केन्द्रित रहेको निर्देशक अधिकारीले बताए । एभरेष्ट म्यान, प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाको साहसिक कार्यलाई चित्रण गर्ने वृत्तचित्र हो । यसमा कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सफलतापूर्वक सगरमाथा हिमालको आरोहण गरेको सन्दर्भका साथै सबैभन्दा बढी चुनौतीको सामना गरेर सगरमाथाको सफल आरोहण गरेको विषयलाई प्रमुख रुपमा समेटिएको छ ।

    यस एभरेष्ट म्यान वृत्तचित्रलाई सन २०२२ को नोभेम्बरमा कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृस्ट डकुमेन्ट्रीका रुपमा पुरस्कृत र सम्मानित गरिएको छ । यस एभरेष्ट म्यान वृत्तचित्रका निर्देशक बिनोद अधिकारीले आफ्नो टोली र कामको कदर गरेकोमा निर्णायकहरुप्रति आभार प्रकट गरेका छन । अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट वृत्तचित्र प्रस्तुत गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको योगदानका लागि उहाँ र उहाँको टोली, विशेष गरी कामीरिता शेर्पा वास्तबमा नै सम्मानित छन् । यस प्रकृतिको सम्मानित कार्यका लागि नेपाल र नेपालीले गर्व गर्नुपर्छ ।

    निर्देशक अधिकारीले आफ्नो डकुमेन्ट्रीमा पर्वतारोहण मात्र नभई आरोहणका क्रममा हुने प्रक्रिया, सामना गर्नुपर्ने चुनौति, आरोहणका क्रममा पूरा गर्नुपर्ने पूजाबिधी, धार्मिक तथा सांस्कृतिक पाटोलाई समेत समावेश गर्नुभएको छ । यस वृत्तचित्रमा विशेषगरी सुप्रसिद्ध आरोही कामीरिता शेर्पाले चौबीसौँ पटकसम्म (हाल २५ पटक पुगेको) सगरमाथाको सफल आरोहण गर्ने क्रममा सामना गर्नु परेको चुनौतीलाई प्रकाश पारिएको छ । निर्देशक अधिकारीले आफूले जलवायु परिवर्तनका कारण हिमाली वातावरणमा परेको असरहरुलाई वृत्तचित्रका माध्यमबाट देखाएको बताए । उनले यसका असरहरु कम गर्ने र पर्यावरणीय दीगोपना कायम गराउने पर्यटन र पर्वतारोहणका कार्यमा काम गर्न इच्छुक रहेको बताए ।

    उनले जलवायु परिवर्तनको असर पर्वतारोहण र हिमाली समुदायका लागि हानिकारक सावित भएको समेत बताए । उनले भने, पहाडले हिउँ गुमाए भने हिमाल आरोहणको महत्व गुम्छ । हरेक वर्ष हिमालले जलवायु परिवर्तनको असर भोगिरहेको छ । आरोहणका मौसममा पहिले भन्दा धेरै हिमपहिरो जाने गरेको समेत देखिन्छ । यस वृत्तचित्रबाट उनले शेर्पाहरू, उनीहरूको पहिचान र साहसिक कार्य, पृथिवीको हिमाली क्षेत्रको वातावरण र यसको बचाउका बारेमा चेतना जगाउने कार्यका लागि सहयोगी हुने आशा राखेका छन ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.