• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

कोरोनाले ह¥यो गरिवको उपचार

  •   बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आर्थिक अबस्था कमजोर भएकाहरुको उपचारको साहारा वनेको यहाँका सरकारी अस्पतालका सेवा कोरोनाले प्रभाबित भएपछि विरामी मर्कामा परेका छन् । संघिय अस्पताल भरतपुर अस्पताल र बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिन देखि प्रभाबित छ । दुबै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना संक्रमण भएपछि उनीहरुको समिपमा रहेका अन्य चिकित्सक, स्वास्थ्यकर्मी आइसोलेसनमा हुँदा सेवा प्रभाबित भएको हो । ती दुबै अस्पतालमा आकस्मिक बाहेकका सेवा दिईएको छैन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारी, स्त्री तथा प्रसुती रोग बिभागका प्रमुख डा। सुनिलमणी पोख्रेल सहित पाँच जना चिकित्सक, दुई जना नर्स र एक जना सहयोगी कर्मचारी संक्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अहिले आकस्मिक बाहेकका सेवा वन्द छन् । उहाँका अनुसार ६ सय शैया भएको अस्पतालमा ९० प्रतिशत हाराहारी बिरामीले भरिने गर्दछन् । वहिरंग सेवामा पनि दैनिक २ हजार सम्म बिरामी आउने गर्दथ्य । उपचारका लागि चितवन सहित १९ जिल्लाका बिरामी आउने गरेको तथ्याङक छ । सरकारी अस्पतालमा धेरैको उपचार निःशुल्क हुन्छ भने पैसा लाग्दा पनि न्यून लाग्ने गर्दछ । पौडेलका अनुसार चेपाङ, मुसहर, अल्पसंख्यक लगाएतका १२ वटा जातीले निःशुल्क उपचार पाउँछन् । सबै महीलाहरु टिकट निशुल्क छ । अस्पतालको समाजिक सेवा इकाई मार्फत वृद्धवृद्धा संगै आर्थिक अवस्था निकै कमजोर भएकाहरुले पनि उपचारमा छुट पाउँदै आएका थिए । अस्पताल वन्द हुँदा सबै भन्दा वढी गर्भवती एबं सुत्केरी गराउनु पर्ने प्रभाबित भएका छन् । काठमाडौंको परोपकार प्रसुती गृहपछि धेरै सुत्केरी हुने अस्पताल भरतपुर अस्पताल हो । वरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा। राम प्रसाद सापकोटाका अनुसार सोही बिभागका प्रमुख संक्रमित भए पछि उहाँको समिपमा आएकै कारण आँफु वाहेक सबै चिकित्सक र नर्सहरु आईसोलेसनमा रहेको बताउनुहुन्छ । पहिलेनै भर्ना भएर सुत्केरी गराईएका ६ जना बिरामी मात्र बिभागमा बाँकी छन् । सो बिभागमा बिशेषज्ञ र मेडिकल अधिकृत गरि २२ जना चिकित्सक कार्यरत रहेका छन् । सापकोटा यो मौषम सुत्केरी वढी हुने वताउनु हुन्छ । अस्पतालको सेवा सुचारु गर्दा दैनिक ५० जना हाराहारी गर्भबती आउने र ४० हाराहारी सुत्केरी हुने गरेको उहाँले बताउनुभयो । जसमध्ये २५ प्रतिशत हाराहारीको शल्यक्रिया गर्नु पर्छ । बच्चामा समस्या भएमा यही वाल सघन उपचार कक्ष पनि छ । सरकारी अस्पतालमा प्रसुती सेवा निःशुल्क हुन्छ। वहिर निजीमा साधारण सुत्केरी हुँदा रु २० हजार हाराहारी र शल्यक्रिया गर्नुपर्दा रु ५० हजार भन्दा वढी खर्च हुन्छ । वाल सघन उपचार कक्षमा एक दिनको सरकारीमा रु १ हजार लाग्दछ भने निजीमा दैनिक रु १० हजार हाराहारी खर्च हुन्छ । गरिवको उपचारको साहारा भरतपुर अस्पतालका ती सेवा तीन दिन देखि वन्द भएपछि बिरामी प्रभाबित भएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुको बिचल्ली भएको छ । अस्पतालका पूर्ब मेडिकल सुपरिटेण्डेन्ट प्रा। डा। कृष्ण पौडेल कोरोना संक्रमित तह १ का बिरामीका लागि बाहीर ५ सय शैयाको अस्पताल संञ्चालन गर्नु पर्ने बताउनुहुन्छ । तह दुई भरतपुर अस्पताललाई बनाएर तह तीन यहाँका मेडिकल कलेज वनाउनु पर्ने उहाँको भनाई छ । जसले गर्दा भरतपुर अस्पतालले अन्य बिरामीलाई सेवा दिन सक्ने पौडेलको तर्क छ । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारी निषेधाज्ञा पछि वहिरंग सेवा खोलिने बताउनु हुन्छ । प्रसुती सेवा छिट्टै खुल्ने गरि काम गरिएको उहाँको भनाई छ । आईसोलेसनमा रहेकाहरुको बुधबार नमुना परिक्षण गर्ने तयारी गरिएको छ । यहाँ भदौ ५ गते सम्म निषेधाज्ञा जारी भएको छ । अधिकारीले भन्नुभयो “हामी सकेसम्म चाँडो सेवा सुरु गर्ने तयारीमा छौ ।” निजी क्षेत्र कारोना बिरामीको उपचारमा पन्छीन नहुने भन्दै उहाँले गरिवले उपचार पाउने भरतपुर अस्पताल पुरै कोरोना उपचारमा प्रयोग गर्न नसकीने बताउनुभयो । उता बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतम अस्पतालका सात जना स्टाफ नर्स र तीन जना सरसफाईका कर्मचारी संक्रमित भएपछि प्रभाबित भएको सेवा सकेसम्म छिटो सुरु गर्ने वताउनु हुन्छ । आईसोलेसनमा वसेकाको स्वाब परिक्षण पछि अस्पताल चलाउने उहाँको भनाई छ । क्यान्सर अस्पतालमा देशभर र भारतीय भूमीबाट बिरामी उपचारका लागि आउँछन् । अस्पतालमा दैनिक ४ सय बिरामी आउने गरेको गौतमले बताउनुभयो । देशभरबाट दैनिक बिरामी लिएर ५० भन्दा वढि एम्बुलेन्सहरु सो अस्पताल आउने गर्दछन् । सरकारी अस्पताल भएकाले न्यून शुल्कमा त्यहाँ उपचार हुने भएपनि निजीमा महंङ्गो शुल्क तिर्न बिरामी अहिले बाध्य भएका छन् । रत्ननगर बकुलहर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। विश्ववन्धु वगाले संक्रमित भए पछि सो अस्पताल पनि प्रभाबित छ । कोरोनाको प्रभाव सरकारीमा देखिए पछि निजीको भर पर्नुपर्दा बिरामी प्रभाबित भएका हुन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई सरकारीमा सेवा केही दिनका लागि मात्र प्रभाबित भएको बताउनुहुन्छ । कोरोनाको उपचार निजीमा पनि कम्तीमा २० प्रतिशत शैयामा गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो । सरकारी अस्पतालमा पुरै कोभिड राख्दा अन्य बिरामी प्रभाबित हुने भएकाले मेडिकल कलेज र निजीमा पनि कोभिडको उपचार हुने उहाँको भनाई छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.