• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुर महानगरका कर्मचारीको मस्तिः प्रशासकीय कर्मचारीलाई जोखिम भत्ता स्वास्थ्यका कर्मचारी हेरेको हेरेई

  •   बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना संक्रमणको समयमा चिकित्सक स्वास्थ्यकर्मीलाई सत प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने बताएको भरतपुर महानगर आफ्नै वोलिमा चुकेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुरुवाती समयमा स्वास्थ्य कर्मीको मनोवल वढाउन भत्ता दिने वताए पनि अहिले उनीहरु हेरेको हेरेई भएका छन् ।

    महानगरको मातहत रहेका हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु अहिले भत्ताको आश मारिसकेका छन् । एक कर्मचारीले नाम नखोल्ने सर्तामा भन्नुभयो महानगरका प्रशासनिक कर्मचारीले भत्ता लिईएको भए पनि स्वास्थ्य कर्मीहरुले अहिले सम्म पाउन नसकेको बताउनुभयो । प्रत्यक्ष रुपमा अग्र पङ्गतिमा रहेर काम गर्ने कर्मचारीले भने जोखिम भत्ता पाउन नसकेको बताउनुभयो ।

    स्वास्थ्य महाशाखा अन्तगृत कार्यरत एक कर्मचारीका अनुसार  प्रोत्साहन भत्ता पाउनु त परैको कुरा आफ्नै खर्च भएको पैसा समेत पाउन नसकेको बताउनुहुन्छ । अहिले पनि नियमित रुपमा खटिनु भएको छ । तर उहाले वारम्बार सम्पर्क गर्दा समेत प्रोत्साहन भत्ता नपाएको बताउनुभयो । उहाँले भन्नुभयो “दुःख गर्ने हामी भत्ता लिने अरु भए ।” यसले गर्दा प्रशासनका कर्मचारीहरुले स्वास्थ्यका कर्मचारीलाई हेर्ने दृष्ट्रिकोण स्पष्ट भएको उहाको भनाई छ ।

    महानगरको प्रमुख प्रशासकिय अधिकृत देखि बनपाले सम्मले असर २८ गते जोखिम भत्ता पाएका छन् भने महानगराम रहेका ३१ वटा स्वास्थ्य संस्था मध्य कसैले पनि भत्ता पाउन नसकेका हुन् । महानगरमा रहेका २९ वटा वडामा रहेका क्वारेन्टिनमा नियमित काम गर्नेलाई अहिले सम्म प्रोत्साहन भत्ता नपाएका हुन ।

    भरतपुर अस्पतालमै कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य प्राविधिक कर्मचारीहरू पनि अहिलेसम्म जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन् । उनीहरुले सरकारले दिन्छु भनेको रकमसमेत नदिएको भन्दै काम गर्ने जाँगर र उत्साह पनि हराउँदै गएको बताएका छन् ।

    तर, यता भरतपुर महानगरपालिकामा काम गर्ने प्रशासनिक कर्मचारीदेखि पियनसम्मले असार महिनामा नै कोरोना जोखिम भत्ता लिएको खुलेको छ । अझै गज्जबको कुरा के छ भने, महानगरपालिका इन्जिनियर, सुपरभाइजर, वनपालेसम्मले कोरोना जोखिम भत्ता लिएका छन् ।

    महाशाखा अनुसार पहिलाको वजेट सकिएको र आगामी वजेटबाट अग्र पंङ्गतीमा रहेर काम गर्नेलाई प्रोत्साहन भत्ता दिईने तयारी गरिएको छ । महाशाखाबाट सबै प्रकृया पुरा गरेर फाईल पठाईएको छ ।

    महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम वापतको जोखिम भत्ता भन्दै १०२ जना कर्मचारीलाई २१ लाख ९३ हजार ७ सय ९४ रुपैयाँ भत्ता बाँडेको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जोखिममा काम गरेका कर्मचारीलाई सरकारको निर्णय अनुसार जोखिम भत्ता दिइएको दावी गनुभयो ।

    सरकारले चिकित्सक तथा ल्याबमा काम गर्ने प्राविधिकहरुलाई दिन्छु भनेको भत्ता नदिएको अवस्थामा महानगरपालिकाले कसरी बाँड्यो भन्ने प्रश्नमा जोशीले महानगरको आन्तरिक स्रोतबाट बाँडिएको बताउनुभयो । स्वास्थ्य महाशाखाका पाँच जना कर्मचारीले प्रोत्साहन भत्ता पाएका छन् भने अन्यले पाउन सकेका छैनन् ।

    ‘कसैले १० दिनको पाउनुभा’छ कसैले डेढ महिनाको पाउनुभा’छ हिसाब गरेर दिएका छौं’ प्रमुख प्रशासकीय अधिकृत जोशीले भन्नुभयो, ‘जोखिम नभएकालाई दिएका छैनौं ।

    ’

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.