ईच्छाकामना । चितवन सहायता कोष बेल्जियमले इच्छाकामनाका ११७ जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका छ ।
कोषको सस्थापक अध्यक्ष सीता सापकोटाको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच चितवनको इच्छाकामना १ स्थित श्री जिवन ज्योति राष्ट्रिय आधारभुत विद्यालय मेतराङका ११७ जना चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर बितरण गरिएको हो ।
वितरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ,क्याट बेल्जियमका सचिव सागर अधिकारी,साहित्यकार गीता रेग्मी, चितवन समाज चितवनका अध्यक्ष राजेन्द्र पौडेल लगायतको आतिथ्यतामा न्यानो कपडा स्वीटर बितरण गरिएको थियो ।
आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिईने सापकोटाको भनाई छ ।










