• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आर्थिक तरलता : भरतपुरका पाँच सहकारी समस्यामा

  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँचवटा सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकार भित्र रहेका तीन वटा र क्षेत्राधिकार बाहिर रहेका दुईवटा सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकार भित्र रहेको चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बहुमुखी उपभोक्ता सहकारी संस्थामा समस्या देखिएको छ ।

    सनराईज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेको साहारा बहुउद्धेश्यीय सहकारी र सहकारी विभागको क्षेत्राधिकार भित्र रहेको शुक्रपथ बहुउद्धेश्यीय सहकारीमा पनि समस्यामा परेको छ । महानगरको क्षेत्राधिकार भित्र रहेका सहकारीहरु सनराइज वचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाईएको छ ।

    भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाईए पछि छानविन सुरु गरेको पौडेलले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताहरुको बचत असुलीका लागि आवश्यक सहजीकरण भईरहेको बताउनुभयो । उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाईएको छ । यस सहकारीमा ३ हजार ५ सय शेयर सदस्य रहेको र रु ७० करोडको कारोबार भएको पौडेलले जानकारी दिनुभयो । यस सहकारीले ३ स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोवार गर्दै आएको थियो ।

    यस्तै चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्थामा २ हजार २ सय शेयर सदस्य रहेका छन् । आर्थिक तरलता देखिएपछि सहकारीले आबश्यकता अनुसार वचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताउनुभयो । सहकारीका सञ्चालक वचतकर्ताको सम्पर्कमा रहेका छन् । यस सहकारीमा वार्षिक रु २० करोड हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ । समाज कल्याण बहुमुखी उपचोक्ता सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोवार हुने गरेको थियो ।

    पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको छ । जसले दुईवटा सेवा केन्द्रको अनुमती लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताउनुभयो । सहकारीले आबश्यकता हेरेर वचतकर्ताको रकम फिर्ता गरिरहेको छ । सञ्चालकहरु कचतकर्ता र शेयर सदस्यको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो । प्रदेश र सहकारी बिभागको क्षेत्राधिकार भित्र रहेका दुई सहकारीको बिवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति वचत कर्ता प्रभावित भए भन्ने बिषयमा जानकारी नभएको उहाँले बताउनुभयो ।

    तरलताको अभावका कारण वचतकर्ताहरुलाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सहकारीहरुले साधारण सभा मार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् । महानगरमा हाल ३५४ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती मध्ये ४८ वटा सहकारी संस्था निस्क्रिय रहेको उहाँले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.