चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं। १३ का ६५ वर्षका पुरूषको मृत्यु भएको हो । अस्पतालका कोभिड(१९ क्लिनिकल कोअर्डिनेटर डा।प्रमोद पौडेलका अनुसार विगत ६ दिनदेखि अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको दिउँसो ३ बजे मृत्यु भएको हो । मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, स्पाईनल ईन्जुरले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको उहाँले बताउनुभएको छ। चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् ।








