हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा पनि निषेधज्ञा जारी गरिएको छ । बिहिबार भीमफेदी गाउँपालिका कोभिड१९ नियन्त्रण तथा व्यवस्थापन समितिले निषेधज्ञाको लागि गरेको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । कोरोना संक्रमण बढ्न नदिन गएराति १२ बजे देखि निषेधज्ञा जारी गरिएको छ । निषेधज्ञा भदौ ९ गते राति १२ बजे सम्म रहने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरको ४ स्थानीय तहमा निषेधज्ञा जारी भएको छ । यसअघि मकवानपुरको हेटौंडा उपमहानरपालिका,थाहा नगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधज्ञा जारी गरिएको थियो । यि स्थानमा पनि भदौ ९ गते राति १२ बजे सम्म निषेधज्ञा जारी रहने मकवानपुर प्रशासनले जनाएको छ ।









