• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपालमै पहिलो पटक टायल उत्पादन शुरु

  •   सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालमा पहिलो पटक टायल उत्पादन शुरु भएको छ । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमै टायल उत्पादन शुरु गरिएको हो । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हार्डवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीहरुले संयुक्त रुपमा उद्योग सञ्चालनमा ल्याउनु भएको हो । भारतीय उद्योगहरुमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याईएको हो ।

    यसै वर्षबाट उत्पादन बजारमा आएको हो । नेपाल सेरामिक इण्डष्ट्रिज प्रा.लि.ले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ । उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारका अनुसार हाल टायललाई आवश्यक पर्ने ५० प्रतिशत माटो नेपालकै प्रयोग गरिएको छ । केही महिनापछि नै पूर्णरुपमा नेपाली माटोबाटै टायल उत्पादन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ । १०–१२ प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ ।

    टायलमा प्रयोग गरिने रंग र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ । शुरुको तीन महिना पूरै माटो भारतको राजस्थानबाट ल्याईएको भए पनि क्रमशः नेपाली माटोको खोजी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “१ हजार २०० डिग्री तापक्रम दिंदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो । नेपाली माटो टायलका लागि उत्तम देखियो ।” भारतीय माटोबाट बनाईएको टायलले ३५० केजी भार थेगेको भन्दै उहाँले नेपाली माटोबाट बनेको टायलले ४३० केजी भार थेगेकोले यहाँको माटो गुणस्तरीय देखिएको रौनियारले बताउनुभयो ।

    भारतबाट ल्याएको माटो उद्योगसम्म आईपुग्दा प्रतिकिलो रु.८ पर्छ भने नेपाली माटो रु.३ मा उद्योग आईपुग्ने उहाँको भनाई छ । उद्योगले महिनामा ७ हजार २०० टन माटो खपत गर्दै आएको छ । झण्डै तीन वर्ष अघि उद्योगको काम थाल्दा गरिएको अध्ययनमा हरेक वर्ष रु.३० अर्बको टायल विदेशबाट आयात हुँदै आएको बताउँदै आफूहरुले त्यसको १० प्रतिशत आयात विस्थापन हुने गरी उत्पादन थालेको रौनियारले बताउनुभयो । अहिले उद्योगले मासिक रु.२० करोड हाराहारीका ३५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ ।

    देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन् । विदेशी टायल ल्याएर देशैभरी बिक्री वितरण गर्ने ठूलो सञ्जाल सञ्चालकहरुको रहेकाले बजार पु¥याउन सहज भएको हो । पहिलो चरणमा भुईमा विछ्याउने फरक फरक साईजका टायल उत्पादन भएका छन् । उद्योगका अध्यक्ष शम्भुनाथ झाका अनुसार भारतीय ब्राण्डेड टायलभन्दा राम्रो गुणस्तरमा उद्योगले उत्पादन थालेको छ । छिट्टै भित्तो लगायतका ठाउँमा लगाउने फरक फरक खालका टायल समेत उत्पादन गर्ने योजना रहेको झाले बताउनुभयो ।

    पाँच विगाहा १२ कठ्ठा जमिनमा रु.१ अर्ब ५० करोडभन्दा बढी लगानी गरेर उद्योग शुरु गरिएको हो । उद्योगमा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । शुरुमा भारतबाट १५० जना प्राविधिक कामदार ल्याईएकोमा अहिले घटाएर एक सयमा झारिएको छ । यो संख्या क्रमशः घटाउँदै लैजाने उहाँले बताउनुभयो । अध्यक्ष झाले भन्नुभयो “हामीले उद्योग शुरु गरेसँगै अन्य व्यवसायिहरुले पनि उद्योग सञ्चालनको तयारी गरेका छन् । यही ढंगले अघि बढेमा पाँच÷सात वर्षपछि नेपाल टायलमा आत्मनिर्भर हुन्छ ।” सम्पूर्ण उपकरण ईटलीमा बनेको भन्दै उहाँले भारतीय उत्पादन भन्दा गुणस्तरीय उत्पादन आफूले गर्दै आएको बताउनुभयो ।

    उहाँका अनुसार उपकरणका लागि मात्रै रु.७० करोडभन्दा बढी खर्च भएको छ । उत्पादन गुणस्तरीय र मूल्य सस्तोमा बिक्री गर्न सकेको उहाँ बताउनुहुन्छ । शुरुवाती समय सम्झँदै उहाँले भन्नुभयो “साथीभाई र परिवारका मानिसले पनि यिनीहरुले सही काम गरेनन् भन्थे, अहिले सबै दंग छन् ।” आफूहरुले निकै चुनौती मोलेर काम गरेको भन्दै उहाँले कच्चा पदार्थ र बजारीकरणमा आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.