चितवन । चितवनको रत्ननगरमा आयोजना गरिएको अन्तरपालिका स्तरीय प्रथम मेयर कपको उपाधि आयोजक रत्ननगर नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा माडी नगरपालिकालाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । रत्ननगरले उपाधिसंगै एक लाख १ हजार ११ नगद पुरस्कार प्राप्त गरको छ भने उपविजेता बनेको माडी नगरपालिकाले ५५ हजार ५५५ रुपैया पुरस्कार पाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रल्हाद सापकोटा,उपमेयर यादबप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कार,शिल्ड तथा मेडल हस्तान्तरण गरका थिए । रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गरेका थिए । खेल अबधिभर उत्कृष्ट प्रर्दशन गरेका श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । उनले दुई हजार ५०० पुरस्कार पाएका छन् । प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रर्दशन गरेको रत्ननगरका खेलाडी उत्कृष्ट खेलाडी घोषित हुँदै १२ हजार ५०० नगद पुरस्कार प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी सुर्यमान श्रेष्ठ,लेखनाथ घिमिरे,ललीत थापा तथा बंगलादेशमा उत्कृष्ट खेल प्रर्दशन गरेका रत्ननगरका खेलाडीहरु सुजता तामाङ र शुशीला केसीलाई सम्मान गरिएको छ । कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा मेयर कपलाई स्थापित गरी खेलाडी उत्पादन गर्ने बताए । हामीले खेलकुदलाई प्राथमिकतामा राखेका छौं उनले भने हरेक विधाका खेलको विकासका लागि सबै किसिमको प्रयत्न हुने छ ।
मेयर सापकोटाले फुटवलमा राष्ट्रिय स्तरमा प्रभाव छाड्ने खेलाडी उत्पादनको लागि रत्ननगरले कार्ययोजना बनाएर काम सुरु गरेको बताए । प्रतियोगितामा जिल्लाका सात पालिकाका सात वटा टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी दिए ।








