• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवनबाट सरदर दैनिक ४० जना जान्छन वैदेशिक रोजगारीमा

  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चालू आर्थिक बर्षको साउन देखि असोज मसान्तसम्म चितवनबाट ३ हजार ६ सय पच्पन्न जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन । जस मध्ये श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सख्या ६ सय रहेको छ । जिल्लामा प्रतिदिन सरदर ४० जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने गरेको एक तथ्यांकले देखाएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा न्यूनीकरण सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेलले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा सामाजिक लान्छनाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । पौडेलका अनुसार नेपालमा वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएर आउनेको सख्या प्रतिदिन ३ जना रहेको छ । त्यस्तै एक हजार भन्दा बढी नेपाली युवाहरु दैनिक रुपमा वैदेशिक रोजगारीमा जाने गरेका छन ।

    जस मध्ये ७४ प्रतिशत युवाहरु हचुवाको भरमा वैदेशिक रोजगारीमा जाने गरेको पनि पौडेलले जानकारी दिनु भयो । आर्थिक बर्ष २०६४ देखि २०७८/७९ सम्म वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या १० हजार ९ सय ३२ रहेको छ भने आर्थिक बर्ष २०७८/७९ मा चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या ३५ रहेको सामी कार्यक्रम चितवनका कार्यक्रम सयोजक सुर्य पौडेलले जानकारी दिनु भयो । नेपालमा ५६ प्रतिशत भन्दा बढी घरधुरीमा बिप्रेषण अर्थात रेमिटान्स पुगेको देखिन्छ ।

    आर्थिक बर्ष २०७७/७८ मा नेपालमा १० खर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ । यसैगरी बिश्व भरि साढे २८ करोड ब्यक्तिहरु वैदेशिक रोजगारीमा आबद्ध रहेका छन । बिज्ञहरुका अनुसार अर्थतन्त्रको ५७ प्रतिशत हिस्सा वैदेशिक रोजगारबाट आएको रेमिटान्सले ओगटेको छ । वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमतीहरु मध्ये ६० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले सन २०२२ को मे महिनामा सार्वजनिक गरेको सर्बेक्षणमा उल्लेख छ ।

    त्यस्तै वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३० हजार मध्ये ६० प्रतिशतमा मानसिक समस्या रहेको देखाएको छ । त्यसै गरि ५२ प्रतिशत श्रमिकको परिवार सगको भेट २ देखि ३ बर्षको अन्तरालमा र ८ प्रतिशतको भेट १० बर्षको अन्तरालमा हुने देखिन्छ । कार्यक्रममा बोल्दै भरतपुर महानहर उप प्रमुख चित्रसेन अधिकारीले नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि विदेशिनु बाध्यता भएको बताउनु भयो ।

    केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांश नेपालीका लागि यो बाध्यता बन्न पुगेको छ उप प्रमुखको भनाइ छ सामी कार्यक्रम हाल चितवनको ४ वटा पालिकाहरुमा संचालित छ । भरतपुर महानगरपालिकाको वडा १८,१९ २१ र २४ तथा माडी नगरपालिका,रत्ननगर नगरपालिका र इच्छाकामना गाउपालिकामा कार्यक्रम संचालित रहेको छ । नेपालका ३८ जिल्लाका १ सय ५६ स्थानीय तहमा यो कार्यक्रम सन्चालनमा रहेको छ ।

    उक्त कार्यक्रमको अवधि २०८१ असार मसान्तसम्म रहेको छ । सुरक्षित आप्रवासन सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित छ भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा कार्यान्वयनमा आएको सामी कार्यक्रम चितवनका सम्पर्क ब्यक्ति सुकदेब ढकालको भनाइ छ । डिसेम्बर १८ लाई बिश्वले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउदै आइरहेको छ । वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगार भनी परिभाषित गरेको छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.