हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक सुजन पाठक जिल्लाकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन्। जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएसँगै प्रहरी निरीक्षक पाठकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको छ । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले प्रदान गरेको प्रशंसापत्रमा प्रहरी निरीक्षक पाठकले ब्यबसायिक, इमान्दार,लगनशिल भई उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्लाको कोराना सम्बन्धि सम्पुर्ण ब्यबस्थापन, गुण्डागर्दि नियन्त्रण, राजमार्गको निर्बाध सु(सञ्चालन, अपराध अनुसन्धानमा दख्खल, उत्कृष्ट प्रहरी परिचालन, बिभिन्न निकायहरुसंगको ब्यबसायिक समन्वय, चुस्त प्रहरी प्रशासन सञ्चालन लगायत प्रहरी कार्यमा सुदृढ सम्बन्ध कायम गर्न सफल भएकोले ुबेष्ट डिस्ट्रिक पुलिस अफ द मन्थु को रुपमा घोषणा गर्दै पुरस्कृत गरिएको उल्लेख गरिएको छ। उनले हेटौँडा(४ सुर्य चोकमा भएको सुस्मिता हत्या काण्डका अभियुक्तलाई पक्राउ गर्न उल्लेख्य भुमिका निर्वाह गरेका थिए । उक्त घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले गठन गरेको ३ सदस्यीय टोलीमा उनि एक सदस्य रहेका थिए । पाठक यसअघि केही समय मकवानपुर प्रहरीको सूचना अधिकारी समेत थिए ।









