चितवन। गएरातिबाट पहिरोले अवरुद्ध बनेको नारायणगढ मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । इच्छाकामना गाँउपालिका वडा नम्बर ४ स्थित ३ पुल नजिक सुख्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । राजधानी काठमाडौं तथा पोखरा जाने र नारायणगढ आउन रोकिएका मालवाहक सवारी साधान पहिरो हटाएपछि चल्न थालेका छन् । जिल्लामा निषेधाज्ञा लगाएका कारणले सडकमा सवारीको चाप निकै कम छ । यस वर्ष मात्र नारायणगढ–मुग्लिन सडकमा दर्जन बढी पटक पहिरो खसेको छ ।








